राजमार्गमा दृष्य एक, पीडा अनेक

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधि स्थलमा पुष्प गुच्छा अर्पण

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधि स्थलमा पुष्प गुच्छा अर्पण गर्नुभएको छ। 

प्रधानमन्त्री प्रचण्ड आज बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधि स्थलमा फूल चढाउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले अब केही समयपछि हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तय भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरे लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुने जनाइएको छ । 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ११ : ३१ बजे