शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ  । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैँछन ।

अखिल फुटबल सङ्घ (एन्फा)का अनुसार आजका तीन खेल मध्ये दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।

च्यासल खेल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र हिमालयन शेर्पाका बिचमा प्रतिस्पर्धा हुनेछ  । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

दशरथ रङ्गशालामा दिउँसो ३ः००बाट सुरु हुने पहिलो खेलमा न्युरोड टिम र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

यसैगरी, रङ्गशालामा नै हुने दोस्रो खेलमा मनाङ मस्र्याङदी र खुमलटार एक आपसमा आमुने सामुने हुनेछ । जुन खेल साँझ ६ः०० बजेबाट सुरु हुनेछ ।  

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ९ : ३८ बजे