साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अत्यधिक गर्मी बढेसँगै विराटनगरका विद्यालयमा दुई दिन बिदा

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ । 

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले बिहीबार र शुक्रवार बिदा दिने निर्णय गरेको हो । 

नगर शिक्षा समितिको आजको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे बिदाबाट कट्टा हुने गरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरू बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

पूर्वनिर्धारित परीक्षाहरू भने यथावत् रूपमा सञ्चालन हुनेछ । 

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ७ : ३४ बजे