दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दिल्लीमा आज आँधीसहितको वर्षा हुने, ‘एलो अलर्ट’ जारी

नयाँ दिल्ली  । भारतको राजधानी नयाँ दिल्लीमा मङ्गलवार साँझ ८० किलोमिटर प्रति घण्टाको दरमा तेज आँधी चलेको छ । 

भारतीय मौसम विज्ञान विभाग(आईएमडी)का अनुसार पश्चिमी वायुको प्रभावका कारणले आज पनि दिल्लीसहित उत्तरी भारतीय क्षेत्रमा आँधी आउने तथा वर्षा हुने अनुमान गरिएको छ ।

मौसम विभागले आजका लागि ‘एलो अलर्ट’ जारी गर्दै आज पनि आउने आँधी र भारी वर्षाका कारण यातायात अवरुद्ध हुने तथा समतली जमिनमा पानी जम्न सक्ने चेतावनी दिएको छ । 

कार्यालयले आज अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरेको छ ।

आईएमडीको तथ्याङ्क अनुसार सफदरजङ्ग वेधशालामा मे महिनामा अहिलेसम्म ८६.७ मिलिमिटर वर्षा भएको छ । राष्ट्रिय राजधानीमा मे महिनामा औसत १९।७ मिलिमिटर वर्षा हुन्छ।

महाशाखाका अनुसार असार ५ गतेसम्म दिल्लीको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा कम हुनेछ । दिल्लीको प्राथमिक मौसम केन्द्र सफदरजंग अब्जर्भेटरीले मङ्गलवार अधिकतम तापक्रम ३५.९ डिग्री सेल्सियस रेकर्ड गरेको छ । 

 

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ९ : ३२ बजे