साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

उत्तर कोरियाको पहिलो स्याटलाइट परीक्षण दुर्घटनाग्रस्त

सियोल । उत्तर कोरियाको पहिलो अन्तरिक्ष स्याटलाइट दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनाग्रस्त स्याटलाइट समुन्द्रमा खसेको थियो । 

उत्तर कोरियाले यसअघि अमेरिकी सैन्य गतिविधिको निगरानी गर्न जुन ११ सम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो। 

पहिलो स्याटलाइट दुर्घटनाग्रस्त भएपछि उत्तर कोरियाले सकेसम्म चाँडो नै दोस्रो प्रक्षेपण प्रयास गर्ने जनाएको छ । उत्तर कोरियाले सो प्रक्षेपण सुरु गर्ने भएपछि दक्षिण कोरियाको राजधानी सियोलमा अलार्म बजाइएको थियो भने जापानको ओकिनावाका बासिन्दाहरूलाई चेतावनी जारी गरिएको थियो।

 

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ८ : ३५ बजे