राजमार्गमा दृष्य एक, पीडा अनेक

जम्बो टोली लिएर प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जानुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।  

प्रधानमन्त्री प्रचण्ड ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित १ सय जनाभन्दा बढी सदस्य रहेको जम्बो टोली लिएर भारत भ्रमणमा जान लाग्नुभएको हो । 

प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिनापछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लाग्नुभएका  उहाँ २१ गते मात्रै स्वदेश फर्कनुहुने छ । 

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लाग्नुभएका प्रधानमन्त्री दाहालले आजै उहाँसँग भेटवार्ता गर्नुहुनेछ । उहाँहरुबीच भारतलाई बिद्युत् बिक्री तथा बङ्गलादेशलाई बिद्युत् बिक्रीका लागि बाटो खुल्ला गरिदिने लगायतको विषयमा छलफल हुने जनाइएको छ ।  

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ७ : ०५ बजे