३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र ३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने जनाएको छ । 

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षभित्र ३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिएका हुन् । 

आयातित् इन्धन खपत कम गर्न विद्युत् खपतमा जोड दिइने उनले जानकारी दिए । विभिन्न विद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने मन्त्री महतले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ६ : ४९ बजे