अर्थतन्त्र चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतको प्रस्टोक्ति

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजश्व संकलन कम भएको भन्दै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताउनुभएकाे  छ। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा संरचनागत परिर्वतन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयाे। 

राजश्व संकल कम भएका कारण बजेटको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयाे। मूल्यवृद्धि ,अमेरिकी डलरको मूल्यांकन लगायतले चुनौती थपिएको अर्थमन्त्री महतको भनाइ छ।

सरकार अर्थतन्त्रलाई लयमा फर्काउन दृढ रहेको बताउँदै उनले भारत र चीनको अर्थतन्त्रमा आएको सुधारको प्रभाव नेपालमा पर्ने अपेक्षा गर्नुभउकाे छ।

उनले राजश्व संरचनामा परिर्वतन गर्नुपर्ने देखिएको बताउनुभया्। निजी क्षेत्रको आशातित लगानी नभएको र वैदेशिक लगानी पनि चाहे जति हुन नसकेको मन्त्री महतले बताउनसभयाे।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : ०३ बजे