युवालाई स्वदेशमै रोक्ने बजेट ल्याएको छु : अर्थमन्त्री

काठमाडौँ ।  अर्थमन्त्री प्रकाशशरण महतले हरित अर्थतन्त्र विकास गर्ने र युवालाई मुलुकभित्र व्यवसाय गर्न उत्प्रेरणाा गर्ने उन्मुख बजेट ल्याइएको बताउनुभएकाे छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले उक्तकुरा बताउनुभयाे।

उहाँले बजेट निर्माण गर्दा समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्ने कुरा ध्यान दिइएको प्रस्ट पारे। जनअपेक्षा सम्बोधन गर्ने र अर्थतन्त्रमा देखा परेको समस्या समाधान गर्ने बजेट आफूले बनाएको उहँको भनाइ छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ४ : ५३ बजे