आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने बताउनु भएको छ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै फराकिलो आर्थिक वृद्धिसहित सबल अर्थतन्त्र विकास गर्न आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट केन्द्रित रहने बताउनु भएको हो। 

उहाँले उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने दिशामा बजेट उन्मुख रहने बताउनु भयो।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ४ : ४८ बजे