आर्थिक वृद्धि २.१६ मात्रै हुने आकलन

काठमाडौं । सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ मात्रै हुने आकलन गरेको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष आर्थिक वृद्धिदर २.१६ बताउनुभएकाे हाे ।

विश्व अर्थतन्त्रमा आएको शिथिलता र आन्तरिक कारणले न्यून रुपमा आर्थिक वृद्धि हुने आंकलन गरिएको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ४ : ४४ बजे