यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४०, मकै बोडी प्रतिकेजी मूल्य ५०, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी मूल्य ७०, आलु रातो ३८ कायम भई कारोबार भइरहेको छ । 

त्यसैगरी कागती १६० रुपैयाँ, चमसूरको साग रु ९०, डल्ले च्याउ प्रतिकेजी २५० रुपैयाँ ,न्युरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ११०,अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३०० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा (रहु) ३३०, ताजा माछा (मुंगरी) ३०० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ९ : १५ बजे