सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

एमालेले सगरमाथा आरोही बुढा मगरलाई सम्मान गर्ने 

काठमाडौँ । नेकपा एमालेले सगरमाथा आरोही हरिबहादुर बुढा मगरलाई सम्मान गर्ने भएको छ । 

एमालेले आज बिहान तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा सगरमाथा आरोही तथा नयाँ रेकर्ड राख्न सफल बुढा मगरलाई सम्मान गर्न लागेको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुढा मगरलाई सम्मान गर्नुहुने एमालेले जनाएको छ । 

रोल्पाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो । 

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ९ : ३७ बजे