यस्तो छ आज तरकारी तथा फलफूल मूल्य, गुन्द्रुकको मूल्य २७५ रुपैयाँ पुग्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आज ठुलो गोलभेँडा, लौका, घिरौँला, रायोको साग, हाइब्रिड काँक्रो, माछे खुर्सानी र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँमा किनबेच हुने भएको छ ।  

यसैगरी, रातो आलु ४१ रुपैयाँ, रातो आलु भारतीय ३१ रुपैयाँ, सेतो आलु २३ रुपैयाँ ३३ पैसा, सुकेको प्याज (भारतीय), रुख कटहर, र हरियो फर्सी ३५ रुपैयाँ, लोकल गाजर, परवर, भेडे खुर्सानी, हरियो लसुन, गान्टे मूला, चुकुन्दर, सलगम, न्युरो र तने बोडी प्रतिकेजी ७५ रुपैयाँ मूल्य तोकिएको छ ।

यस्तै, डल्लो भन्टा, मकै बोडी, झिगूनी, भिण्डी, हरियो प्याज र हरियो खुर्सानी ५५ रुपैयाँ, ज्यापु काउली ९५ रुपैयाँ, मटर कोसा १९० रुपैयाँ, भटमासकोशा १३३ रुपैयाँ ३३ पैसा, बरेला ११० रुपैयाँ, मेथी, सौफको साग, पालूगो साग र चमसूरको साग ११५ रुपैयाँमा किनबेच हुनेछ भने कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा, कुरिलो २७५ रुपैयाँ, ब्रोकाउली, सजिवन, रातो बन्दा, बुलेट खुर्सानी र नेपाली मेवा ६५ रुपैयाँ तोकिएको छ ।  

उता, सेलरी प्रतिकेजी २७५ रुपैयाँ, पार्सले २१० रुपैयाँ, पुदिना ११० रुपैयाँ, इमली १४५ रुपैयाँ, तामा ९५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ २८० रुपैयाँ, कागती १७० रुपैयाँ, मालदह आँप १३५ रुपैयाँ, दसहरी आँप २१० रुपैयाँ, हरियो अङ्गुर २२५ रुपैयाँ, मौसम १७० रुपैयाँ, लोकल काँक्रो ९५ रुपैयाँ, लोकल लिची १७५ रुपैयाँ, भारतीय लिची २६५ रुपैयाँ, किवी र आभाकाडो ४५० रुपैयाँ, सुकेको लसुन २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ र मुंगरी माछा ३१० रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ९ : २९ बजे