सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

भारत भ्रमणका बारेमा प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री लगायतसँग छलफल गर्नुहुँदै

काठमाडौँ । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक छलफल गर्नुहुने भएको छ।

प्रधानमन्त्री प्रचण्डले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई चरणमा सामूहिक छलफल गर्न लाग्नुभएको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा पूर्व प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्व परराष्ट्र मन्त्री लगायतसँग चरणमा छलफल गर्नुहुनेछ । जुन छलफल २ः०० बजेबाट सुरु हुनेछ ।   

उहाँका अनुसार प्रधानमन्त्रीले दोस्रो चरणमा कूटनीतिक परामर्श गर्नुहुनेछ, जुन छलफलमा पूर्व परराष्ट्र मन्त्रीहरू तथा भारतका लागि पूर्व नेपाली राजदूतसँग छलफल हुनेछ । दोस्रो छलफल ३ः३० बजे हुनेछ ।  

प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदै हुनुहुन्छ । 

 

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : ४९ बजे