सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ ।

सङ्घीय संसद् भवन, बानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपराह्न १ः०० बजे बस्नेछ । 

आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आव २०७९/८०को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

त्यसअघि बिहान ११ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुने छ ।

छलफलपछि नियमावली मस्यौदा समितिको प्रतिवेदन आजै पारित गर्ने सम्भावित कार्यसूची छ ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : ४३ बजे