सुनको मूल्यमा नयाँ कीर्तिमान

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका प्रमुख पक्राउ

बारा । बचतकर्ताको झन्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ । 

हुलाक बचत बैङ्कबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो ।

पर्सा बहादुरमाई गाउँपालिका २ का कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको बताइएको छ। 

 

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ७ : ०६ बजे