सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

युवराज सफलमाथि बानेश्वरमा कुटपिट

काठमाडौं । अधिवक्ता युवराज सफलमाथि काठमाडौंको नयाँ बानेश्वरमा कुटपिट भएको छ ।

सोम शर्मा र विप्लव खड्का लगायतको समूहले सफलमाथि कुटपिट गरेको हो ।

स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्काएका थिए । उनीहरूले जिस्काएपछि सफल जंगिएका थिए ।

आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको बताइएको छ । अहिले खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय रवि लामिछानेविरुद्ध सर्वोच्च मुद्दा हालेका सफल सामाजिक सञ्जालमा निकै भाइरल बनेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ४ : ३९ बजे