दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

उत्तरी चीनमा पटाका विस्फोट हुँदा ४ जनाको मृत्यु

सिजियाजुआङ । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रवार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् ।

सो विस्फोट दिउँसो ४ बजे भएको थियो ।  सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शङ्कास्पद आतिशबाजीको नमुना सङ्कलन गरेर परीक्षण गरिरहेका थिए । 

प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा ११ जना थिए । हालसम्म नौ जनाको उद्धार गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ११ : ४२ बजे