दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

छ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । 

परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित छ सय ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ९९ स्थानीय तहका ८० जनालाई तीन वर्षे डिप्लोमा तथा विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई १८ महिने प्रि–डिप्लोमा तहमा एक सय ६० जना र तीन वर्षे डिप्लोमा प्रमाणपत्र तहमा चार सय जनालाई विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत अध्ययन गराइँदै छ । 

उहाँले ती विद्यार्थीलाई निर्वाह भत्ताबापत मासिक रु तीन हजार पाँच सय, यातायात खर्चबापत प्रतिवर्ष रु एक हजार पाँच सय र पोसाक खर्चबापत प्रतिवर्ष रु दुई हजार पाँच सय  समेत उपलब्ध गराइनेछ । 

८० विद्यार्थीलाई तीन वर्षे बाली विज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र डिप्लोमा इन होटल म्यानेजमेन्ट विषय निःशुल्क पठनपाठन गर्दैछन् । डिप्लो इन एग्रिकल्चर श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय, भोजपुर र डिप्लोमा इन होटल म्यानेजमेन्ट नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपामा पढिरहेको उहाँले जानकारी दिनुभयो । अठार महिने प्रि डिप्लोमा एग्रिकल्चर, फरेष्ट्री, अटो मोबाइल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ विषय अध्ययन गराइन्छ । 

यस्तै तीन वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ, बाली विज्ञान, जियोमेटिक्स इन्जिनियरिङ,  बायोमेडिकल इन्जिनियरिङ, सिभिल (स्पेशलाइजेशन इन हाइड्रोपावर) इन्जिनियरिङ, रेफ्रिजिरेशन एण्ड एयरकन्डिसनिङ इन्जिनियरिङ, मेडिसिनल एण्ड एरोमेटिक्स प्लान्ट, पशु विज्ञान र सिभिल इन्जिनियरिङ विषय अध्ययन गराइन्छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  १० : १४ बजे