सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

आजको मौसम: यी प्रदेशमा पर्नेछ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस, र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र बागमती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ । 

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागहरूका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको । देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । 

राती भने देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

कोसी, मधेस, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहको र तराईका भू–भागमा हावाहुरीको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० जेठ १३ गते (शनिवार)
दिउँसोː
कोसी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागहरूका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको ।देशका तराईका केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।
राती: देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

२०८० जेठ १४ गते (आइतबार)
दिउँसोː
देशका कोसी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

२०८० जेठ १५ गते (सोमवार)
दिउँसोː
कोसी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोसी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ८ : ०५ बजे