५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रवार ५०० रुपैयाँले घट्दै १ लाख ८ हजार ३०० रुपैयाँमा झरेको हो । 

यस्तै,तेजाबी सुनको मूल्य समेत शुक्रवार तोलामा ५०० रुपैयाँले नै घट्दै १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 

 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ११ : ३२ बजे