यस्तो छ आजको विनिमय दर

काभा भलिबल : नेपाल आज काजकिस्तानसँग सेमिफाइनलमा भिड्दै

काठमाडौँ । काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकिस्तानसँग सेमिफाइनल खेल खेल्नेछ । 

समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपबिजेताको रूपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकिस्तानसँग खेल्न लागेको हो । 

काजकिस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

बुधवारको खेलमा नेपालले पहिलो सेटमा १२–२५, दोस्रो सेटमा २४–२६, तेस्रो  सेट २५–२० र चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै भारतसँग पराजित भएर समूह उपविजेता बनेको हो भने समूह बी को खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

समूह एको उपविजेता नेपाल र समूह बिको विजेता कजकस्ताबिचको खेल आज हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ९ : ३६ बजे