दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रुसी प्रधानमन्त्री चीन भ्रमणमा, राष्ट्रपति सहीसँग भेटवार्ता

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । 

युक्रेनमा रुसले विशेष सैन्य कारबाही थालेपछि मस्कोबाट बेइजिङमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । पश्चिमा मुलुकले लगाएको प्रतिबन्धलाई जवाफ दिन चीनसँगको सहकार्य र साझेदारी अपरिहार्य भएकाले मस्को र बेइजिङबीचको सम्बन्ध झाङ्गिदै गएको विश्लेषकहरूले बताएका छन् । 

पारस्परिक सहायता अभिवृद्धिसम्बन्धी सम्झौतामा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन् । रुसमाथिको प्रतिबन्धलाई अझ कडा बनाउने तथा रुसप्रतिको चीनको सहायताको व्यापक आलोचना गर्दै हालै सम्पन्न जी सेभेनको बैठकले युक्रेनबाट आफ्नो सेना फिर्ता गर्न रुसलाई दबाब दिन आग्रह गरेको छ । 

रुस र चीनबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री एकताबाटै कठिनभन्दा कठिन कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिने बताउनुभयो । उहाँले एकताबाटै पहाडहरू पनि सार्न सकिने बताउनुभएको छ ।

चीन र रुसका प्रधानमन्त्रीबीच व्यापार तथा  सेवा क्षेत्रमा लगानी सहयोगलाई अझ सुदृढ बनाउने, चीनमा कृषि उत्पादन निर्यात गर्ने तथा रुसी ऊर्जा चीन ढुवानी गर्नेलगायत विषयमा छलफल भएको अधिकारीहरूले बताएका छन् । रासस / एएफपी

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ८ : ३९ बजे