सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा आज सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयद्वारा सूचनामा भनिएको छ, विसं २०८० साल ज्येष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका ३ (तीन)जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ६ : २३ बजे