सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

बझाङको दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि पूर्वी रुकुमको हुकाम केन्द्रबिन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो । 

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ७ : ०७ बजे