काठमाडौँ । आजका लागि सङ्घीय संसद्को संयुक्त बैठक आह्वान भएको छ ।
सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ः०० बजे संयुक्त बैठक बस्ने भएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर सङ्घीय संसद्को संयुक्त बैठक आह्वान भएको जानकारी दिनुभयो ।
महासचिव गौतमद्वारा जारी सूचना अनुसार आज दिउँसो ४ बजे संयुक्त बैठक बोलाइएको छ । बैठकमा संयुक्त समिति (कार्य सञ्चालन)नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को संयुक्त बैठक आह्वान बारे जानकारी गराउनुभएको थियो। सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।
प्रतिनिधिसभाको बैठक भने आज बिहान ११ः०० बजे बस्नेछ ।
प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ६ : ३१ बजे
प्रतिक्रिया