दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखाला  सङ्क्रमण 

​​​​​​​मनहरि। मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखाला  सङ्क्रमण भएको छ । 

सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने  तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखा परेको थियो ।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण बिस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिनुभयो । 

सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार  सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ७ : ३१ बजे