सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । 

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम माथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ । 

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि गत जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले सम्बोधन गरिसक्नुभएको छ ।

सोमवारको बैठकमा झन्डै चार दर्जन सांसदहरूले आफ्नो धारणा राखिसक्नुभएको छ ।  

 

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ७ : ०५ बजे