दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

युक्रेनद्वारा रुसको दाबी अस्वीकार

कीभ – मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ । 

"युक्रेनले रुसको बेल्गोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको ।," युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले बताउँनु भएको छ । युक्रेनले यसअघि रुसको भूभागमा भएको कयौं तोडफोड आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो।

रुसले यसअघि युक्रेनबाट बेल्गोरोड क्षेत्रमा तोडफोड गर्ने समूह प्रवेश गरेको र रुसी सेना र एजेन्टहरूले उनीहरूलाई " निश्तेज" पार्ने प्रयास गरिरहेको बताएको थियो।

यता पोडोल्याकले  भने त्यस्ता गतिविधिमा रूसी "गुरिल्ला समूहहरू" जिम्मेवार हुन सक्ने बताउँनु भएको छ।

रासस- एएफपी

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : ३४ बजे