सुनको मूल्यमा नयाँ कीर्तिमान

बलात्कारपछि हत्या गरी फरार दुई जना १६ वर्षपछि पक्राउ

सुनसरी । १६ वर्षअघि बलात्कारपछि हत्या गरेर फरार भएका दुई जना पक्राउ परेका छन् । 

धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेर १६ वर्षदेखि फरार रहेका दुई जना पक्राउ परेका हुन । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरूलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो । जसअनुसार १० दिनको म्याद थप गरी उनीहरू माथि अनुसन्धान अगाडी बढाइएको मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्ने बित्तिकै दुवै जनाले आफूले गरेको सो अपराध स्वीकार गरेका छन् ।  

गत २०६४ मङ्सिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगी ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थालेपछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवै जनाले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ८ : ३३ बजे