एमालेको सचिवालय बैठक सुरु

नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने भएको छ ।

गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो । 

आइतबारदेखि सुरु भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राख्नुभएको थियो। आज पनि सोही नीति तथा कार्यक्रममाथि छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ । 

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ७ : १५ बजे