सुनको मूल्यमा नयाँ कीर्तिमान

स्थलगत अध्ययनले देखायो मदन राईका २९ ‘कर्तुत’

काठमाडौं ।  खोटाङकोरुपाकोटा मजुवागढी नगरपालिक २ दिक्तेलमा रहेको शुभद्रा मदन फाउन्डेसनमा भएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन गरेको बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले प्रतिवेदन सार्वजनिक गरेको छ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप), बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बाल हेल्पलाइन विराटनगर (सिविन नेपाल), बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) र इन्सेकले गरेको अध्ययनमा यस्तो देखिएको हो ।

सिजपका अध्यक्ष राजेश शर्माले आईतवार काठमाडौँमा प्रतिवेदन सार्वजनिक प्रतिवेदनमा फाउण्डेशनद्वारा सञ्चालित विद्यालयमा अध्ययनरत छात्राहरूलाई निर्वस्त्र भई अश्लील शब्दहरू प्रयोग गर्ने, निर्वस्त्र भई मसाज गर्न लगाउने, संवेदनशील अङ्गहरूमा हात हाल्ने र शारीरिक सम्पर्कका लागि आग्रह गर्ने गरेको पाइएको उल्लेख छ।

विद्यालयको प्रार्थनाको समयमा पनि बालबालिकालाई लाईनमा लगाएर निर्वस्त्र भईदिने, यौनजन्य गतिविधि गर्ने÷गर्न लगाउने तथा सहरी शिक्षाका नाममा ललितपुरमा रहेको आफ्नै घरमा लगेर समेत किशोरीहरूमाथि दुर्ब्यवहार गर्ने गरेको प्रतिवेदनमा जनाईएको छ।

यसैगरी, शारीरिक सम्पर्कपछि रजस्वला भए÷नभएको बारेमा सोधपुछ गर्ने गरेको पनि पीडितहरुका आधारमा प्रतिवेदनमा उल्लेख गरिएको छ।  विद्यालय हाताभित्रै होमस्टे, क्याफे सञ्चालन गरेको पाइएको र उक्त क्याफेहरूमा कर्मचारीको रूपमा बालबालिका र किशोरीहरूलाई काम लगाउने गरेको पाइएको पनि उल्लेख छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य राईमाथि पनि यौन दुर्व्यवहारको आरोप लागेको छ। तर जाहेरी दर्ता नभएकाले मुद्दा दर्ता भएको छैन। अध्ययन समितिले विद्यालयमा रहेका १०१ पीडित बालबालिकाको तत्काल उद्धार गर्न, आवास गृहमा भएका कानुन विपरीतका कार्यलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ।

हेर्नुहोस् अध्ययन प्रतिवेदन 

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ५ : ३० बजे