सुनको मूल्यमा नयाँ कीर्तिमान

भुटानी शरणार्थी प्रकरण : यी हुन् आरोपीले नाम लिएका, तर प्रमाण जुटाउन नसकिएका भीआईपीहरु

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा प्रहरीले सुरुवाती अनुसन्धान टुंग्याएको  छ। गत चैतदेखि सुरु गरिएको अनुसन्धान ५५ दिनमा सकेर प्रहरीले  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउँदै छ। 

प्रहरीले ३३ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाउँदै गर्न लाग्दा आरोपीले नाम लिएका केही उच्च पदस्थ (भीआईपी)हरुविरुद्ध भने प्रमाण जुटान सकेन। यो ठगी प्रकरणमा बिचौलियाहरुले हाल पक्राउ परेका बाहेक अझै केही उच्चपदस्थको नाम बयानमा क्रममा लिएका थिए। तर त्यसबारे बयान बाहेक अन्य प्रमाण अहिलेसम्म फेला नपरेको दाबी प्रहरीको छ। 

बयानमा नाम लिएकाहरुविरुद्ध दोस्रो चरणको अनुसन्धानमा थप प्रमाण जुटाउने काम हुने र संलग्नता पुष्टि देखिए प्रतिवादी बन्ने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताउनुभयो । 

आरोपीहरुले  पूर्वगृहमन्त्री रामबहादुर थापा बादल,पूर्वप्रधानमन्त्री सेरबहादुर देउवाकी पत्नी एवं  कांग्रेसकी सांसद आरजु राणा,  कांग्रेस सांसद तथा बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेको नाम मुछेका छन्। तर यी सबै भिआइपीको बयान बाहेकको प्रमाण नभेटिएको  प्रहरी स्रोतको  दाबी छ। 

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ४ : १७ बजे