सुनको मूल्यमा नयाँ कीर्तिमान

पोल्याण्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुइ बिदेशी पक्राउ

काठमाडौं । पोल्यान्डमा लैजाने भन्दै काठमाडौंमा बिनाअनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

बैदेशिक रोजगार बिभागले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएटोसिक पक्राउ परेका हुन । 

पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण भइरहेको जानकारी पाए पछि उनीहरु पक्राउ परेका हुन ।

साथै, सो अभिमुखीकरणका सहयोगी इगल म्यानपावर कन्सलटेन्सीका सञ्चालक कृष्ण ढकाललाई आइतबार विभागमा हाजिरकाे आदेश दिइएको विभागका अनुसन्धान अधिकृत धर्म लम्सालले जानकारी दिए । 

 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ४ : ३८ बजे