एमालेको सचिवालय बैठक सुरु

कोसी प्रदेश योजना आयोगको उपाध्यक्षमा डिल्लीराम उप्रेती नियुक्त

विराटनगर । कोसी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा प्राध्यापक डिल्लीराम उप्रेती नियुक्त हुनुभएको छ । 

कोसी प्रदेश मन्त्रिपरिषद्को शुक्रवार साँझ बसेको बैठकले कोसी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानुनी परामर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामाजिक विकास मन्त्रालयमा पठाउने निर्णय  गरेको छ ।  

बैठकले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई पोसाक सुविधा प्रदान गर्नेसम्बन्धी कार्यविधि २०८० लाई स्वीकृत  गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो   । 

 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ८ : ५२ बजे