दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भारतमा दुई हजार रुपैयाँको नोटमा प्रतिबन्ध 

नयाँ दिल्ली । भारत सरकारले दुई हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ ।

यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १ हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउँदै दुई हजारको नोट चलाउन सुरु गरेको थियो । सो नोट चलाउन सुरु गरेको सात वर्षमा नै फेरी दुई हजारको नोटमा प्रतिबन्ध लगाएको हो ।  

भारतीय रिजर्भ बैङ्कले सो बारेमा जानकारी दिँदै अब दुई हजारका नोट बजारमा आउने छैनन् । बैङ्कका अनुसार आगामी सेप्टेम्बर ३० सम्म भने दुई हजारको नोटले मान्यता पाउने भए पनि सोपछि भने सो नोटको मान्यता हुने छैन ।  

रिजर्भ बैङ्कले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको दुई हजारको नोट बैङ्कमा जम्मा गर्न तथा सटही गर्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ७ : ०० बजे