सुनको मूल्यमा नयाँ कीर्तिमान

फेसबुकमा केटी बनेर च्याट,८३ लाख भन्दा बढी ठग्ने विश्व शर्मा जेल चलान

काठमाडौँ । केटी बनेर एक दर्जन युवासँग ८३ लाख ठगेका पर्वतका विश्व पौडेल जेल चलान भएका छन् । फेसबुकमा कृष्टि पौडेल नामको आइडी बनाई युवाहरूलाई मायाजालमा फसाउने विश्व  बिहीबार जेल चलान भएका हुन् । 

केही समयअघि काठमाडौँका व्यापारीलगायत ठगीमा पर्ने युवाहरूले दिएको जाहेरीअनुसार प्रहरीले विश्वलाई पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धानका क्रममा उनले झन्डै एक दर्जन युवासँग ८३ लाख रुपैयाँ ठगेको पाइएको हो । 

केटीको जस्तै आवाज निकाल्ने विश्वले यौन सम्बन्धका लागि लोभ्याएपछि उनीहरू ठगिन पुगेका थिए । भेट्ने आशै आसमा उनीहरूले झन्डै एक वर्षमा ६० लाखसम्म बुझाएका थिए । 

केटीको आवाज निकालेर यसरी असुल्थे विश्वले पैसा

फेसबुकमा कृष्टि नाम गरेको प्रोफाइल खोलेका विश्वले युवाहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाउने गर्थिन् । फ्रेन्ड रिक्वेस्ट आएपछि लोभिएका युवाहरू कृष्टिसँग बिस्तारै नजिकिन थाले । बिस्तारै कृष्टिले आफ्नो आमा बिरामी परेको भन्दै पैसा माग्न थालिन् । शर्मा थर भएका (थरपरिवर्तन) सँग सुरुमा १० हजार मागेकी थिइन् । उनले पनि मागेअनुसारका रकम बैङ्क खातामार्फत पठाइदिए । बिस्तारै उनीहरूबिचको निकटता झन् बढ्दै गयो । विश्वले एक दिन आफ्नो बिमाबाट १ करोड पैसा आउनु रहेको र आएपछि पठाएको पैसाको दोब्बर पैसा दिन्छु भन्दै थप पैसा माग्न थाले । शर्मा थर भएकाले पनि पैसा दाेब्बर आउने भनेपछि भने जति पैसा दिँदै गए । पैसा दिँदै जाँदा शर्मा थर भएकाले ७ लाख रुपैयाँ बुझाएका रहेछन् । पछि भेट्ने कुरा गर्दा विश्वले नमानेपछि शर्मा थर भएकालाई शङ्का लागेछ । शङ्का लाग्नेवित्तिकै उनी प्रहरीका पुगे । प्रहरीकहाँ पुग्दा चार जनाको ठगी केस आइसेको रहेछ । त्यसपछि उनी छाँगाबाट खसेजस्तै भए । 

एकै व्यक्तिबाट ६० लाख असुलेका थिए विश्वले 

लाजिम्पाटका व्यापारी शर्मा थर परिवर्तन लाई पनि यौन सम्बन्धको प्रलोभन पारेर विश्वले ६० लाख असुलेको प्रहरीले फेला पारेको छ । कहिले काठमाडौँमा त कहिले पोखरामा सँगै बस्ने प्रलोभन देखाएर विश्वले ६० लाख असुल गरेका हुन् । विश्वको आवाज युवतीको जस्तै थियो । जसको फाइदा उठाउँदै विश्वले आफूसँग प्लस टु पढेकी सहपाठी सूचना शर्माको फोटो प्रयोग गर्दै कृष्टि पौडेलको नाममा फेसबुक चलाएर ठगी गर्ने गरेका थिए । विश्वले खड्गी थरका ती व्यापारीजस्तै अन्य ५ जनालाई पनि युवती बनेर ठगी गरेका थिए ।

विश्वले शर्मा (थरपरिवर्तन) पुरुषबाट करिब ६० लाख, शर्मा (थरपरिवर्तन) पुरुषबाट ७ लाख २४ हजार, उपाध्याय (थरपरिवर्तन) पुरुषबाट १५ लाख ३५ हजार, उपाध्याय (थरपरिवर्तन) पुरुषबाट १ लाख ३९ हजार ५३० रुपैयाँ र अर्याल (थरपरिवर्तन) पुरुषबाट १४ हजार ६ सय रुपैयाँ गरी कुल ८३ लाख ८६ हजार ६६५ रुपैयाँ ठगी गरेका थिए । सोही कसुरमा उनीविरुद्ध साइबर ब्युरोले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  १ : १२ बजे