सुनको मूल्यमा नयाँ कीर्तिमान

व्यापारीमाथि चक्कु प्रहार

विराटनगर – मोरङको विराटनगरमा एक व्यापारीमाथि चक्कु प्रहार भएको छ।

विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय राहुलकुमार रायमाथि चक्कु प्रहार भएको हो । रायलाई विराटनगर-१० ट्राफिक चोक नजिक दिउँसो ३ः२० बजेतिर चक्कु हानिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार घटनामा संलग्न विराटनगर–१२ का २८ वर्षीय दीपेन्द्र कामतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । घटनापछि भाग्दै गरेका कामत चक्कुसहित समातिएका हुन्।

कोशी अस्पतालमा उपचार हुन नसकेपछि घाइते रायलाई थप उपचारका लागि विराट नर्सिङ होममा ल्याइएको छ। राय र कामतबीचको विवाद थाहा हुन बाँकी रहेको डीएसपी दाहालले बताउनु भयो।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ७ : १३ बजे