कीर्तिमानी आरोही कामिरिता शेर्पालाई  पूर्व राष्ट्रपतिको बधाई सन्देश 

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर किर्तिमान राखेकी नेपाली हिमाल आरोही कामिरिता शेर्पालाई बधाई ज्ञापन गर्नुभएको ेछ । 
एक बधाई सन्देश दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले पर्वतारोही सोनाम शेर्पालाई समेत बधाई ज्ञापन गर्नुभएको छ । 

बधाई सन्देशको पूर्णपाठ :

पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले २७औँ पटक सगरमाथाको चुचुरोमा पुग्ने कामिरिता शेर्पा र सगरमाथा सहित विश्वका सातै महादेशका उच्च हिमशिखरहरूको आरोहरण गर्ने सोनाम शेर्पालाई दिनु भएको बधाई सन्देश
कीर्तिमानी नेपाली हिमाल आरोही कामिरिता शेर्पाले आफ्नै रेकर्ड भङ्ग गर्दै सफलतापूर्वक २७औँ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेकोमा म उहाँलाई हार्दिक बधाई दिन चाहन्छु ।  
यसैगरी, पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्हामु शेर्पाका श्रीमान् सोनाम शेर्पाले पनि सफलतापूर्वक सगरमाथा आरोहण गर्नुभएकोमा उहाँलाई पनि म हार्दिक बधाई दिन चाहन्छु । यससँगै उहाँले विश्वका सातै महादेशका उच्च हिमशिखरहरूको सफलतापूर्वक आरोहण गरिसक्नुभएको कुरा थाहा पाउँदा मलाई खुसी लागेको छ । 
म दुवैजना सफल हिमाल आरोहीहरू– कामिरिता शेर्पा र सोनाम शेर्पाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । 
धन्यवाद ।
२०८० जेठ ४ गते बिहीबार

 

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ७ : ०६ बजे