दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

इटालीको उत्तरी भेगमा बाढीको प्रकोप, आठ जनाको मृत्यु

रोम । इटालीको उत्तरी भेग इमिलिया रोमाग्नामा अविरल वर्षासँगै आएको बाढीमा परी आठ जनाको मृत्यु भएको छ । बाढीबाट हजारौँ विस्थापित भएका छन्भने युरोपको प्रसिद्ध मोटर रेस प्रतिस्पर्धा ग्रान्ड प्रिक्स फर्मुला वान स्थगन भएको छ । 

नदीहरूमा पानीको सतहले जोखिमको रेखा पार गरेको छ भने हजारौ हेक्टर खेतीयोग्य जमिन जलमग्न भएको छ । शहरका सडकबाट पनि पानी बगिरहेको छ । बाढीबाट बच्न मानिसहरू घरका छतमा पुगेका छन् । एक वर्षमा हुने औसत वर्षा झण्डै ३६ घण्टामा भएकोले परिस्थिति भयावह बनेको अधिकारीहरुले बताएका छन् । बाढीका कारण ५० हजार मानिस बिजुलीको पहुँचबाट बाहिर भएका छन् । 

भोलिदेखि जापानको हिरोसिमामा आयोजना हुने  विकसित सात राष्ट्र (जी सेभेन) को ४९ औँ शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले बाढीपीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  
 

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ४ : ५४ बजे