सुनकाे मूल्य घट्याे

काठमाडौ । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको जनाएको छ ।

जसअनुसार बुधबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार १ लाख ९ हजार ७०० रुपैयाँमा कारबोर भएको छ । 

यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  १२ : ०९ बजे