साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी : मन्त्री लिम्बू

​​​​​​​काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले देश चिनाउने अभियानमा युवा अगाडी बढ्न जरुरी रहेको बताउनुभएको छ । 

काठमाडौँमा सनुर्भी इन्टरनेशनल प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ समारोहमा सहभागी हुँदै मन्त्री लिम्बूले आफ्नो मन्त्रालय खेलकुदमा मात्र सीमित नरहेको बताउनुभयो । 

“हामी युवाको अन्य गतिविधिमा सहकार्य गर्न तत्पर छौँ”, उहाँले भन्नुभयो, “युवाको विचार, दृष्टिकोण तथा सृजनशीलतामा सहकार्य गर्न सके समृद्धि अवश्य सम्भव छ ।”  

मन्त्री लिम्बूले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभा पुग्न धेरै मेहनत चाहिने बताउनुभयो । “प्रयास गरिरहनुपर्छ । सफलता अवश्य मिल्छ”, उहाँले भन्नुभयो । 

‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ सम्पन्न
सनुर्भी इन्टरनेशनल प्रालिको आयोजनामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ सम्पन्न भएको छ ।

 ‘मिस्टर नेसनल नेपाल २०२३’ शिशिर वाग्ले, ‘मिस नेसनल नेपाल २०२३’ समा पराजुली, ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेशनल नेपाल २०२३’ प्रज्ज्वल ताम्राकार बन्नुभएको छ । 

चारै जनाले सोही शीर्षकअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नुहुनेछ । 

यस्तै, प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे तथा तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बूलाई घोषित गरियो । 

कार्यक्रमका आयोजक डा सन्तोष उपाध्यायले कार्यक्रम आयोजना गरेर युवाका लागि मञ्च निर्माण गरेको बताउनुभयो । “मेरो उद्देश्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालीलाई पुर्‍याउने र जिताउने हो”, उहाँले भन्नुभयो ।  

प्रतियोगितामा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० जना सहभागी थिए ।   

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ७ : ११ बजे