दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रहरी अधिकारीलाई हाकिमको धम्की : ६ महिनाभित्र भुँडी नघटाए जागिर छोड

काठमाडाैँ । भारतको असम राज्यका प्रहरी अधिकारीहरुलाई केही महिनाभित्र भुँडी (तौल) घटाउन वा जागिर छाड्न चेतावनी दिइएको छ। अगस्ट महिनादेखि प्रहरी अधिकारीहरुको बडी मास इन्डेक्स (बीएमआई) जाँचिने जानकारी दिइएको छ।

त्यसपछि मोटो ठहरिएकाहरुलाई नोभेम्बरसम्म तौल घटाउन समय दिइने र तौल नघटाउनेहरुले स्वेच्छिक अवकाश लिनुपर्ने बताइएको छ। तर, रोगका कारण मोटोपन भएकाहरुलाई भने छुट दिइने असम प्रहरीका डीजी जीपी सिंहले बताउनुभयाे।

केही साताअघि असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले राज्यका करिब ३०० प्रहरी जँड्याहा र शारीरिक रुपले तन्दुरुस्त नभएकाले उनीहरुलाई जागिर छाड्न लगाइने बताएका थिए। प्रहरीलाई गोडमेल गर्न यो कदम चाल्न लागिएको उहाँको भनाइ थियो।

२०१८ मा कर्नाटक राज्यले पनि यसैगरी तौल घटाउन वा जागिर छाड्न प्रहरीलाई चेतावनी दिएको थियो। जीवनशैलीसँग सम्बन्धित रोगका कारण प्रहरीहरुको ज्यान जान थालेपछि सो आदेश दिइएको थियो। तर, बीएमआईका आधारमा मात्र स्वास्थ्य अवस्था मापन गरिनु अनुचित हुने विज्ञहरुको राय छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ६ : २७ बजे