यति समूहका अध्यक्ष शेर्पाद्वारा सगरमाथाको सफल आरोहण

 

काठमाडौँ  । पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान् सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

यती समूहका अध्यक्ष समेत रहनुभएका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचुरो पाइला टेक्नुभएको हो  । यससँगै उहाँले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापूर्वक आरोहण गर्नुभएको छ । 

२०५० सालमा पत्नी पासाङसहित सगरमाथा आरोहणमा निस्कनुभएको भए पनि सोनाम त्यो बेला बेसक्याम्प–२ पुगेर फर्किनुभएको थियो । तर, उहाँकी छोरी फुटी शेर्पाका अनुसार आमा पासाङभन्दा अगाडी नै  सोनामले धौवलागिरी र थामसेर्फु हिमाल चढिसक्नुभएको थियो  । 

मुख्यतया: भूकम्पपछि सबै महादेशको सर्वोच्च शिखर चुम्ने उद्देश्यसहित अघि बढ्नुभएका सोनामले ३० वर्ष सगरमाथाको सफल आरोहण गर्नुभएको हो । ६३ वर्षीय शेर्पा आफ्नो टोलीसँग मङ्गलवार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुग्नुभएका उहाँहरू मङ्गलवार साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गर्नुभएको थियो। उहाँले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको सफल आरोहण सम्पन्न गर्नुभएको हो। 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : २० बजे