विश्व दूरसञ्चार र सूचना समाज दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै 

काठमाडौँ । विश्व दूरसञ्चार र सूचना समाज दिवस अर्थात् विश्व दूरसञ्चार र सूचना समाज दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तर्क्रियालगायत कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो । 

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहान होटल राजधानीको र्याडिसनमा दूरसञ्चारसम्बन्धी गोष्ठीको आयोजना गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।

विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाइँदै आएको छ । दूरसञ्चारको विकाससँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ । यो बिना जीवन कल्पना गर्न गाह्रो भएको छ । ‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरेको छ । 

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ६ : ५४ बजे