आज ‘मदन–आश्रित स्मृति दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ  । आज मदन आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । 

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो । २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरि ‘मदन–आश्रित स्मृति दिवस’को मनाईदैछ । 

अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिष्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रूपमा पनि आजको दिनलाई लिइन्छ ।  

मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र माताहातका कमिटीसहित तीनका भातृ सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गरी दिवगत नेताहरूको सम्झना गरिन्छ । 

‘बन्दुकको नालबाट मात्रै सत्ता कब्जा हुन्छ’ भन्ने परम्परागत कम्युनिष्ट मान्यतालाई चिर्दै ‘जनताको मतद्वारा नै सत्ता कब्जा हुन्छ’ भन्ने मान्यताका साथ ‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रूपमा मदन भण्डारीलाई कम्युनिष्ट आन्दोलनको इतिहासमा सम्झिन्छ ।

सो सिद्धान्त प्रतिवादन गरेपछि भण्डारीलाई पुजिँवादी मुलुकका अमेरिकन मिडियाहरूले जीवित ‘कार्ल मार्क्स’भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उहाँको सिद्धान्तपछि विश्वभरिका कम्युनिष्टहरु ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट श्रमजीवी वर्गको सत्ता स्थापनाका लागि लाग्नु पर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक विश्लेषकहरूले भन्दै आएका छन्  ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ६ : ४० बजे