दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भारतले रुसको तेल युरोपलाई बेच्यो

लन्डन । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले  रुसी तेललाई प्रशोधित इन्धनका रूपमा भारतले युरोपमा बिक्री गरेको भन्दै युरोपेली संघले कारबाही गर्नुपर्ने बताएका छन् ।

मंगलबार फाइनान्सियल टाइम्समा प्रकाशित एक लेखमा, ‘रुसबाट भारतमा तेलको प्रवाह रोक्न हामीले कदम चाल्नु पर्छ’ भनेका छन् । मस्कोले युक्रेनमा आक्रमण गरेदेखि रूसी तेलको सबैभन्दा ठूलो खरीददारहरू मध्ये एक भारत भएको उल्लेख गर्दै सो उनले सो कदम रोक्नका लागि प्रयास गर्नुपर्ने बताएका छन् । 

‘यदि डिजेल वा पेट्रोल युरोपमा प्रवेश गर्दैछ, भारतबाट रुसी तेल आउँदैछ भने यो निश्चित रूपमा छलछाम हो र युरोपेली सदस्य राष्ट्रहरूले अब नयाँ कदम चाल्नु पर्छ,’ उनले भनेका छन् ।

‘यदि तिनी (भारत) ले बेच्छ हामी (युरोप) कसले किन्दैछ भनेर अब हेर्नु पर्छ,’ उनले अगाडी भनेका छन् । अहिलेसम्म रुसी तेल युरोपमा बेच्ने भारतको काम कारबाही रोक्नका लागि युरोपेली संघले कुनै कदम चालेको छैन। 

यद्यपि, बोरेलले भनेका छन कि अब मुद्धा भारतका विदेशमन्त्रीसँग उठाउनेछन्, जसलाई उनले मंगलबार भेट्दैछन् । 

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ५ : १६ बजे