प्रधानमन्त्री दाहाल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान उहाँहरुबीच  भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने ? लगायतका विषयमा उहाँहरू बीचमा छलफल भएको जनाइएको छ । 

 

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ९ : ०५ बजे