सिन्धुलीमा अज्ञात समूहको चक्कु प्रहारबाट एकजना घाइते, चार पक्राउ

सिन्धुली । सिन्धुली  तिनपाटन गाउँपालिका ४ र ५ को सिमानामा पर्ने  थाक्ले जंगलमा एकजन युवकमाथि चक्कु प्रहार भएको छ ।  स्थानीय जनक गौतमका अनुसार आइतबार दिउँसो अज्ञात समूहले चक्कु प्रहार गर्दा  डुम्रेबेशिका लोकबहादुर सार्की घाइते भएका हुन्।

अज्ञात समूहको चक्कु प्रहारबाट सार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई स्थानीयले उद्धार गरेर लाम्पन्टार अस्पताल पुर्‍याएका छन्।

घटनामा पाँचजनाको समूहमा आएका व्यक्तिले आफूलाई चक्कु प्रहार गरेको घाइते सार्कीले बताएको गौतमको भनाइ छ । 

यसैबीच उक्त घटनाका बारेमा स्थानीयले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय डाकाहबाट खटिएको प्रहरी टोलीले सार्कीमाथि चक्कु प्रहार गर्ने चारजनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा विदुर लामिछाने, खड्गबहादुर श्रेष्ठ, विशाल विकलगायत चारजनलाई नियन्त्रण्मा लिएको र एकजनाको खोजि कार्य भइहेको जनाइए पनि विस्तृत विवरण आउन बाँकी छ । 

स्थानीय गौतमका अनुसार लाइट स्ट्रोन (बल्ने ढुंगा) को विषयलाई लिएर सार्कीमाथि चक्कु प्रहार भएको हुनसक्ने आशंका गरिएको छ । घाइते सार्की खतरा मुक्त रहेको बताइएको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ५ : २३ बजे